मानव बेचबिखन तथा ओसारपसार गरेको कसुरमा जिल्ला अदालतले हेटौँडा उपमहानगरपालिका–४ घर भई राप्ती नगरपालिका–४ मा रेष्टुरेन्ट सञ्चालन गर्दै आएका ४० वर्षीय कुमार गौतमलाई १० वर्ष कैद सजाय हुने फैसला सुनाएको छ ।
अदालतका श्रेष्तेदार ईश्वर आचार्यका अनुसार न्यायधीश वासुदेव न्यौपानेको इजलासले भदौ १६ गते गौतमलाई १० वर्ष कैदका साथै ५० हजार रुपैयाँ जरिवाना र ४० हजार रुपैयाँ क्षतिपूर्ति भराउने समेत फैसला भएको छ ।
रेष्टुरेन्टमा काम गर्न बसेका २०, २२, ३१ वर्षीया तीन जना युवतीलाई बेश्यावृत्तिमा लगाएको आरोपमा गौतमलाई प्रहरीले ०७८ वैशाख ४ गते गिरफ्तार गरेको थियो ।
गौतमविरुद्ध वैशाख ५ गते जिल्ला अदालतमामा मानव बेचबिखन अन्तर्गत मुद्दा दर्ता भएको थियो ।