INSEC Online

📅 २०८३ जेष्ठ २१

प्रदेश १, प्रदेशसभाको दशौं अधिवेशन अन्त्य

प्रदेश १,  प्रदेशसभाको दशौं तथा बजेट अधिवेशन अन्त्य भएको छ ।

भदौ १७ गते प्रदेशसभा बैठकमा प्रदेश प्रमुख पर्शुराम खापुङले पठाएको पत्र पढेर सुनाउँदै सभामुख प्रदीपकुमार भण्डारीले प्रदेशसभाको दशौं अधिवेशन अन्त्य भएको  जानकारी दिनुभयो ।

प्रदेशसभा सचिवालयका अनुसार प्रदेशसभाको दशौं अधिवेशनमा तीन ओटा विधेयक पारित गरिएको छ ।

जसमा प्रदेश विनियोजन विधेयक २०७९, प्रदेश सरकारको अर्थ सम्बन्धी प्रस्तावलाई कार्यान्वयन गर्न बनेको विधेयक २०७९ र प्रदेश अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठान सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक २०७८  रहेका छन् ।

तीन ओटा विधेयक छलफलपछि समितिमा रहेका छन् । जसमा प्रदेश प्रज्ञा प्रतिष्ठान सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक २०७८, प्रदेश सञ्चार माध्ययम व्यवस्थापन गर्न बनेको विधेयक र केही प्रदेश ऐनलाई संसोधन गर्न बनेको विधेयक २०७८ रहेका छन् ।

०७९ जेठ १६ गते सुरूआत भएको दशौँ अधिवेशन २५ ओटा बैठक बसि भदौ १७ गते अन्त्य भएको प्रदेशसभा सचिव गोपालप्रसाद पराजुलीले बताउनु भएको छ ।

photo 20220209 Morang

अन्य

भिडियो