INSEC Online

📅 २०८३ जेष्ठ २१

यौन दुर्व्यवहार घटनाका आरोपित गिरफ्तार

१३ वर्षीय बालकलाई यौन दुर्व्यवहार गरेको आरोपमा प्रहरी विराटनगर महानगरपालिका–१२ का ५५ वर्षीय राजेन्द्र ढकाललाई भदौ १५ गते गिरफ्तार गरेको छ ।

पीडित बालकलाई आरोपितले पटकपटक र अन्तिम पटक भदौ १५ गते यौन दुर्व्यवहार गरेको आरोपमा पीडित पक्षले सोही दिन जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएको थियो ।

पीडित पक्षको उजुरीका आधारमा आरोपितलाई अनुसन्धानका लागि घरबाटै गिरफ्तार गरेको जिल्ला प्रहरी कार्यालय डिएसपी दीपक श्रेष्ठले बताउनु भयो ।

यौन दुर्व्यवहार घटनाका आरोपित ढकाल गैरसरकारी संस्था महासङ्घ मोरङ अध्यक्ष रहेको र ढकालले एजुकेशन हेल्पलाइन नामक संस्था सञ्चालन गर्दै आएको प्रहरीले जनाएको छ ।

पीडितको स्वास्थ्य परीक्षण कोशी अस्पतालमा भदौ १५ गते गरिएको छ ।

गैरसरकारी संस्था महासङ्घसहित विभिन्न १८ ओटा संस्थाले भदाै १६ गते विज्ञप्ति जारी गरी कानुन बमोजिम कारबाही गर्न माग गरेको छ ।

गैरसरकारी संस्था महासङ्घ अध्यक्ष रामप्रसाद सुवेदीद्वारा भदौ १६ गते जारी विज्ञप्तिमा आरोपित ढकाललाई गैसस मोरङ अध्यक्ष पदमा निलम्वन गरिएको उल्लेख छ ।

photo 20200109 Morang (1)

photo 20200109 Morang (2)

अन्य

भिडियो