INSEC Online

📅 २०८३ जेष्ठ २१

बलात्कार घटनाका आरोपित गिरफ्तार

१४ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा इलाका प्रहरी कार्यालय गोलबजारले गोलबजार नपा–७ का २२ वर्षीय जुमन खानलाई भदौ ८ गते गिरफ्तार गरेको छ ।

आरोपितले बालिकालाई ०७८ चैत ९ गते बलात्कार गरेको आरोपमा इलाका प्रहरी कार्यालय गोलबजारमा चैत १० गते उजुरी दिएको पीडित बालिकाकी आमाले बताउनु भयो । पीडित बालिकाको स्वास्थ्य परीक्षण जिल्ला अस्पताल सिरहामा चैत १० गते गरिएको थियो ।

आरोपित घटनापछि लुकिछिपी बसेको अवस्थामा गिरफ्तार गरी कारवाही प्रक्रिया अगाडि बढाइएको इलाका प्रहरी कार्यालय गोलबजारका इन्स्पेक्टर राजु केसीले बताउनु भयो ।

अन्य

भिडियो