४० वर्षीया महिलालाई ०७९ असार १६ गते बलात्कार प्रयास गरेको आरोपमा प्रहरीले सिगास गाउँपालिका–३ स्थित सिगास स्वास्थ्य चौकीका प्रमुख २७ वर्षीय खगेन्द्र धामीलाई भदौ ९ गते गिरफ्तार गरेको छ ।
पीडितले ०७९ साउन २५ गते इलाका प्रहरी कार्यालय, पाटनमा उजुरी दिएपछि फरार रहेका आरोपित धामीलाई गिरफ्तार गरी अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालयका इन्स्पेक्टर लोकराज जोशीले इन्सेक प्रतिनिधिसँगको फोन सम्पर्कमा बताउनु भयो ।
स्वास्थ्य चौकीका प्रमुख धामीले बलात्कार प्रयास गरेपछि धामी विरुद्ध जिल्ला प्रहरी कार्यालयमा जबरजस्तीकरणी उद्योगमा उजुरी दिएको पीडितका पतिले इन्सेक प्रतिनिधिसँगको फोन सम्पर्कमा बताउनु भयो ।
पीडितको स्वास्थ्य परीक्षण साउन २५ गते प्राथमिक स्वास्थ्य केन्द्र, पाटनमा भएको थियो ।