घिरिङ गाउँपालिकाको सवारी साधनमा अज्ञात समूहले आगजनी गरेको छ । मानपुरस्थित गाउँपालिकाका कार्यकारी अधिकृतको निवास नजिकै पार्किङ गरेर राखिएको बा १५ च ६६०४ नम्बरको स्कर्पियो जीपमा वैशाख २५ गते बिहान करिब तीन बजेतिर आगजनी भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

आगजनी भएको स्थानीयले तत्काल थाहा पाएका कारण आगो निभाएका थिए । प्रहरीले आगजनीमा संलग्न व्यक्तिहरूको खोजी भइरहेको बताए पनि घटनाका दोषी भने अहिलेसम्म गिरफ्तारीमा नपरेको जिल्ला प्रहरी कार्यालयका एसपी उमेशराज जोशीले बताए ।
गाउँपालिकामा चुनावी तयारीका लागि आवश्यक कामहरूका लागि प्रयोग गरिएको गाडीमा आगजनीबाट पछाडिको टायर जले पनि समयमै निभाइएका कारण थप क्षति भने नभएको एसपी जोशीले जानकारी दिए ।