INSEC Online

📅 २०८३ जेष्ठ २१

बलात्कार घटनाका आरोपितविरुद्ध उजुरी

३८ वर्षीया महिलालाई बलात्कार गरेको आरोपमा गोलबजार नपा–८ का ३८ वर्षीय मनीराम भनिने प्रदिप यादवविरुद्ध पीडित पक्षले इलाका प्रहरी कार्यालय गोलबजारमा भदौ ६ गते उजुरी दिएको छ ।

पीडित महिलालाई आरोपितले भदौ ५ गते बलात्कार गरेको पीडितको आरोप छ । पीडितको स्वास्थ्य परीक्षण जिल्ला अस्पताल सिरहामा भदौ ६ गते गरिएको छ ।

घटनापछि आरोपित ‘फरार’ रहेकाले खोजतलास भइरहेको इलाका प्रहरी कार्यालय गोलबजारका इन्स्पेक्टर राजु केसीले बताउनु भयो ।

अन्य

भिडियो