१३ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा सल्यान जिल्ला, छत्रेश्वरी गाउँपालिका–५ का १९ वर्षीय धिरज मगरविरूद्व पीडित पक्षले भदौ ७ गते जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएको छ ।
पीडित बालिकालाई भदौ ७ गते बलात्कार गरेको आरोपमा आरोपितविरूद्ध प्रहरीमा उजुरी दिएको पीडित बालिकाकी ४४ वर्षीया आमाले इन्सेक प्रतिनिधिसँगको भेटमा बताउनु भयो ।
आरोपितविरूद्ध भदौ ७ गते प्रहरीमा उजुरी आएको र उजुरीपछि आरोपित फरार भएकाले खोजी थालिएको जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएको इन्स्पेक्टर छे फिन्जो भोटेले बताउनु भयो ।
पीडित बालिकाको स्वास्थ्य परीक्षण जिल्ला अस्पतालमा भदौ ७ गते गरिएको छ ।
१४ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा सल्यान जिल्ला, त्रिवेणी गाउँपालिका–५ का २१ वर्षीय ईश्वरी पुन मगरविरूद्व पीडित पक्षले भदौ ७ गते जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएको छ ।
पीडित बालिकालाई भदौ ७ गते बलात्कार गरेको आरोपमा आरोपितविरूद्ध प्रहरीमा उजुरी दिएको पीडितका २५ वर्षीय दाजुले इन्सेक प्रतिनिधिसँग बताउनु भयो ।
पीडित पक्षको उजुरीपछि आरोपित फरार भएकाले खोजी थालिएको जिल्ला प्रहरी कार्यालयका इन्स्पेक्टर छे फिन्जो भोटेले बताउनु भयो ।
पीडित बालिकाको स्वास्थ्य परीक्षण जिल्ला अस्पतालमा भदौ ७ गते गरिएको छ ।