अपाङ्गता भएकी १६ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले धरान उपमहानगरपालिका–८ का ५२ वर्षीय वीरेन्द्रबहादुर शङ्करलाई भदौ १ गते गिरफ्तार गरेको छ ।
पीडित बालिकालाई आरोपितले ०७९ जेठ ३१ गते बलात्कार गरेको आरोपमा पीडित पक्षले आरोपितविरूद्ध साउन ३१ गते जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएको थियो ।
अपाङ्गता भएकी पीडित बालिका आरोपितको घरमा डेरा गरी बस्ने र घरमा कोही नभएको बेला आरोपितले छोरीलाई बलात्कार गरेको आरोपमा पीडित बालिकाकी आमाको छ ।
घटना भएकाका विषयमा छोरीले ढिलो गरी बताएपछि आरोपितविरूद्ध प्रहरीमा उजुरी दिएको पीडित बालिकाकी आमाले इन्सेक प्रतिनिधिसँगको भेटमा बताउनु भयो ।
पीडित बालिकाको स्वास्थ्य परीक्षण जिल्ला अस्पतालमा भदौ १ गते गरिएको छ ।
१५ वर्षीया बालिका बलात्कार घटनाका कसुरदार धरान उपमहानगरपालिका–१५ का २८ वर्षीय सुमन परियारलाई प्रहरीले भदौ १ गते गिरफ्तार गरेको छ ।
१५ वर्षीया बालिकालाई बलात्कार गरेको मुद्दामा उच्च अदालत विराटनगरबाट ०७२ पुस २६ गते १० वर्षको सजाय फैसला लगत्तै फरार भएका कसुरदारलाई भदौ १ गते धरानबाट गिरफ्तार गरेको इलाका प्रहरी कार्यालय धरानले जनाएको छ ।
पक्राउ परेका कसुरदारलाई जिल्ला अदालतमा पेस गरी अदालतकै आदेशअनुसार कैद भुक्तान लागि भदौ १ गते झुम्का कारागार पठाइएको छ ।