INSEC Online

📅 २०८३ जेष्ठ २१

बलात्कार घटनाका आरोपित गिरफ्तार

आठ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा काका नाता पर्ने १५ वर्षीय एक बालकलाई प्रहरीले साउन २७ गते गिरफ्तार गरेको छ ।

आरोपितले साउन २६ गते बलात्कार गरेको भन्दै पीडित पक्षले साउन २७ गते दिएको उजुरीका आधारमा आरोपितलाई घरबाटै गिरफ्तार गरेको जिल्ला प्रहरी कार्यालय, सल्यानका इन्स्पेक्टर सन्तोष खनालले जानकारी दिनुभयो ।

घरमा कोही नभएको समयमा बालिकालाई ललाइ फकाइ बलात्कार गरेको पीडित पक्षले आरोप लगाएको छ ।

बालिकाको स्वास्थ्य परीक्षण स्वास्थ्य सेवा कार्यालय, सल्यानमा साउन २७ गते गरिएको र बालिकाको अवस्था सामान्य रहेको प्रहरीले जनाएको छ । हाल आरोपितलाई हिरासतमा राखी घटनाका विषयमा थप अनुसन्धान भइरहेको इन्स्पेक्टर खनालले जानकारी दिनुभयो ।

अन्य

भिडियो