INSEC Online

📅 २०८३ जेष्ठ २१

बलात्कार घटनाका आरोपित गिरफ्तार

१२ वर्षीया बालिकालाई बलात्कार गरेको घटनाका आरोपित ३५ वर्षीय बालिकका बुबालाई प्रहरीले ०७९ साउन २८ गते गिरफ्तार गरेको छ ।

आरोपितले छोरीलाई साउन २६ गते बलात्कार गरेको भन्दै पीडित पक्षले साउन २८ गते इलाका प्रहरी कार्यालय, छिन्चुमा उजुरी दिएका थिए ।

प्रहरीले जबरजस्ती करणी उद्योग अन्तर्गत मुद्दा अघि बढाएको जिल्ला प्रहरी कार्यालय, सुर्खेतका डीएसपी सुरज कार्कीले जानकारी दिनु भएको छ । डीएसपी कार्कीका अनुसार आरोपित बाबुलाई साउन २९ गते प्रहरीले म्याद थप गरेको छ ।

बालिकालाई बलात्कार गरेको जानकारी आफन्तले दिएपछि प्रहरी चौकी, मेहलकुनाबाट गएको प्रहरी टोलीले आरोपितलाई गिरफ्तार गरेर अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।

बालिकाको प्रदेश अस्पताल, सुर्खेतमा स्वास्थ्य परीक्षण भएको अस्पतालका निर्देशक डा. डम्बर खडकाले जानकारी दिनु भएको छ ।

अन्य

भिडियो