INSEC Online

📅 २०८३ जेष्ठ २१

बञ्चरो प्रहार गरेर पत्नी हत्या घटनाका फरार आरोपित गिरफ्तार

पञ्चदेवल विनायक नगरपालिका–७ पुल्लेतोलाकी ४५ वर्षीया पत्नी मान्म कामीलाई बञ्चरो प्रहार गरेर हत्या गरी फरार रहेका ४७ वर्षीय पैलु भनिने पदम कामीलाई प्रहरीले कञ्चनपुर जिल्लाको भिमदत्त नगरपालिकाबाट साउन २४ गते गिरफ्तार गरेको छ ।

जिल्ला प्रहरी कार्यालय कञ्चनपुरको सहयोगमा आरोपितलाई गिरफ्तार गरी जिल्ला ल्याइएको जिल्ला प्रहरी कार्यालय, अछामका इन्स्पेक्टर कैलाशसिंह विष्टले बताउनु भयो । आरोपित गिरफ्तार भएसँगै जाहेरी अदालती प्रक्रियामा अघि बढ्ने इन्स्पेक्टर विष्टको भनाइ छ ।

मृतकका माइती पक्षले आरोपित विरूद्ध साउन १२ गते जिल्ला प्रहरी कार्यालय, अछाममा कर्तव्य ज्यान अन्तर्गत किटानी जाहेरी दिएका छन् ।

शवको पोष्टमार्टम साउन १२ गते जिल्ला अस्पतलमा गरेपश्चात सोही दिन आफन्तले शवको दाहसंस्कार गर्नु भएको थियो ।

अन्य

भिडियो