११ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा पीडित पक्षले सप्तरी जिल्ला सुरुङ्गा नपा–४ का २५ वर्षीय सन्तोष साहविरुद्ध इलाका प्रहरी कार्यालय लहानमा साउन २३ गते उजुरी दिएको छ ।
आरोपित साहले बालिकालाई साउन २३ गते बलात्कार गरेको भन्दै सोही दिन इलाका प्रहरी कार्यालय लहानमा उजुरी दिएको पीडित बालिकाकी आमाले बताइन् । पीडितको स्वास्थ्य परीक्षण लहान स्थित रामकुमार उमाप्रसाद अस्पतालमा साउन २३ गते गरिएको छ ।
घटनापछि आरोपित साह ‘फरार’ रहेकोले खोजी कार्य भइरहेको इलाका प्रहरी कार्यालय लहानका डिएसपी कुमारप्रसाद मैनालीले बताउनु भयो ।