INSEC Online

📅 २०८३ जेष्ठ २१

पोखरामा मानव अधिकारसम्बन्धी पाँचौँ राष्ट्रिय कार्ययोजना अभिमुखिकरण कार्यक्रम सम्पन्न

पोखरा महानगरपालिकाको आयोजना तथा अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) को समन्वयमा मानव अधिकारसम्बन्धी पाँचौँ राष्ट्रिय कार्ययोजना अभिमुखिकरण कार्यक्रम साउन २४ गते सम्पन्न गरिएको छ ।

पोखरा महानगरपालिकामा मानव अधिकारसम्बन्धी पाँचौँ राष्ट्रिय कार्ययोजना कार्यन्वयन स्थानीय तह समन्वय समिति गठनका लागि पोखरा महानगरपालिकाका मेयर धनराज आचार्य, उपमेयर मन्जुदेवी गुरुङ, प्रमुख प्रशासकीय अधिकृत, कार्यपालिकाका सदस्यहरु तथा विषयगत शाखाका प्रमखुहरूलाई अभिमुखिकरण गरिएको हो ।

अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) गण्डकी प्रदेश संयोजक शिव खकुरेलले मानव अधिकारसम्बन्धी पाँचौँ राष्ट्रिय कार्ययोजनाबारे जानकारी गराउँदै पाँचौँ राष्ट्रिय कार्ययोजना कार्यन्वयनमा आएको दुई वर्ष भइसकेको भएपनि देशभर यसको काम हुन नसकेको बताउनु भयो ।

स्थानीय तहमा भइरहेका कामहरूलाई मानव अधिकारको विषयसँग मिल्ने गरी अभिलेखिकरण हुन नसक्दा कामको प्रतिफल नदेखिएको उहाँको भनाई थियो ।

कार्यक्रममा महानगरपालिकाका मेयर धनराज आचार्यले मानव अधिकारका सवालमा आफूहरू सचेत रहेको बताउनु भयो । मेयरको संयोजकत्वमा समन्वय समिति गठन गरिएको छ ।

उहाँले पाँचौँ राष्ट्रिय कार्ययोजना कार्यन्वयनका लागि महानगरपालिकाले अन्य सरोकारवाला निकायसँग समन्वय गरेर अगाडि बढ्ने बताउनु भयो ।

इन्सेकको समन्वयमा कास्कीका पाँच स्थानीय तहमध्ये चार ओटा गाउँपालिकामा समन्वय समिति गठन गरिसकिएको छ ।

मानव अधिकारसम्बन्धी पाँचौँ राष्ट्रिय कार्ययोजना जिल्ला समन्वय समितिको साउन ५ गतेको बैठकले अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) लाई कास्की जिल्लाका स्थानीय तहमा स्थानीय तह समन्वय समिति गठन र अभिमुखीकरणको जिम्मेवारी प्रदान गर्ने निर्णय गरेको थियो ।
photo20220810kaski (1)

photo20220810kaski (2)

photo20220810kaski (3)

photo20220810kaski (4)

photo20220810kaski (5)

photo20220810kaski (6)

अन्य

भिडियो