INSEC Online

📅 २०८३ जेष्ठ २१

बलात्कार घटनाका आरोपित गिरफ्तार

१६ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले नलगाड नगरपालिका–१० मेदेका २३ वर्षीय विश्व ध्यारलाई साउन १० गते गिरफ्तार गरेको छ ।

बालिकालाई ०७८ भदौ २२ गते बलात्कार गरेको आरोपमा पीडित पक्षले आरोपित विरूद्ध जिल्ला प्रहरी कार्यालय रुकुम (पश्चिम) मा ०७८ भदौ २५ गते उजुरी दिएका थिए ।

पीडित पक्षको उजुरीका आधारमा फरार रहेका आरोपितलाई इलाका प्रहरी कार्यालय रग्दाबाट खटिएको प्रहरीको टोलीले घरबाटै गिरफ्तार गरेको जिल्ला प्रहरी कार्यालय, जाजरकोटका डिएसपी सन्तोष निरौलाले जानकारी दिनु भएको छ । साथै डिएसपी निरौलाले घटना रुकुम (पश्चिम) को भएको र उजुरी पनि उही दिएकाले आरोपितलाई रुकुम (पश्चिम) पठाउने बताउनु भयो ।

पीडितको स्वास्थ्य परीक्षण नगर अस्पताल आठविसकोटमा ०७८ भदौ २५ गते गरिएको थियो ।

अन्य

भिडियो