४२ वर्षीया महिलालाई बलात्कार गरेको आरोपमा जिल्ला प्रहरी कार्यालय सिरहाले अर्नामा गाउँपालिका–२ का ४१ वर्षीय तपेसवर महतोलाई साउन ७ गते गिरफ्तार गरेको छ ।
आरोपित महतोले महिलालाई साउन ७ गते बलात्कार गरेको आरोपमा सोही दिन जिल्ला प्रहरी कार्यालय सिरहामा उजुरी दिएको पीडित महिलाले बताउनु भयो ।
पीडि़त महिलाको स्वास्थ्य परीक्षण जिल्ला अस्पताल सिरहामा साउन ७ गते गरिएको छ ।
आरोपित महतोलाई गिरफ्तार गरी कारबाही प्रक्रिया अगाडि बढ़ाइएको जिल्ला प्रहरी कार्यालय सिरहाका डिएसपी सुभाष बूढाथोकीले बताउनु भयो ।