INSEC Online

📅 २०८३ जेष्ठ २१

बलात्कार घटनाका आरोपित गिरफ्तार

आठ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले महालक्ष्मी नगरपालिका–७ का १५ वर्षीय बालकलाई साउन ८ गते गिरफ्तार गरेको छ ।

पीडित बालिकालाई आरोपितले असार २८ गते बलात्कार गरेको आरोपमा पीडित पक्षले आरोपितविरूद्ध साउन ८ गते प्रहरी चौकी जितपुरमा उजुरी दिएको थियो ।

पीडित बालिकालाई आरोपितले असार २८ गते महालक्ष्मी नगरपालिका–७ स्थित लक्ष्मी खोलामा पौडी खेल्न जाने क्रममा बलात्कार गरेको पीडित बालिकाका २१ वर्षीय दाजुले इन्सेक प्रतिनिधिसँगको फोन सम्पर्कमा बताउनु भयो ।

पीडित पक्षको उजुरी आधारमा आरोपितलाई अनुसन्धानका लागि घरबाटै गिरफ्तार गरेको जिल्ला प्रहरी कार्यालयका डिएसपी चीरञ्जीवी दाहालले बताउनु भयो ।

पीडितको स्वास्थ्य परीक्षण जिल्ला अस्पतालमा साउन ९ गते गरिएको छ ।

अन्य

भिडियो