INSEC Online

📅 २०८३ जेष्ठ २१

बलात्कार प्रयास घटनाका आरोपित विरुद्ध उजुरी

२१ वर्षीया महिलालाई बलात्कार प्रयास गरेको आरोपमा पीडित पक्षले लहान नगरपालिका–२ निवासी लहान नगरपालिकाका उपप्रमुख ३८ वर्षीय रामचलितर महतोविरुद्ध इलाका प्रहरी कार्यालय लहानमा साउन ५ गते उजुरी दिएको छ ।

पीडित महिलालाई आरोपितले जेठ १९ गते नगरपालिकामा जागिर लगाइदिन्छु भनी बोलाएर बलात्कार प्रयास गरेको पीडित महिलाको आरोप छ ।

पीडित महिलालाई आरोपितले घटनाबारे कतै बताए ज्यान मार्ने भनी धम्की दिएका कारण उजुरीमा ढिलाई भएको पीडित महिलाले बताइन् ।

पीडित महिलाको स्वास्थ्य परीक्षण लहानस्थित रामकुमार उमाप्रसाद स्मारक अस्पतालमा साउन ५ गते गरिएको छ ।

घटनाको अनुसन्धान गरी कारवाही प्रकृया अगाडि बढाउने जिल्ला प्रहरी कार्यालय सिरहाका डिएसपी शुभाष बुढाथोकीले बताउनु भयो ।

आफ्नोे राजनीतिक छवि बिगार्न र आफूलाई बदनाम गर्न योे षडयन्त्र रचिएको आरोपित महतोले प्रतिक्रिया दिनु भएको छ ।

अन्य

भिडियो