सुस्त मनस्थितीकी १२ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा सुनकोशी गाउँपालिका–५ का ५६ वर्षीय डम्बरबहादुर भूजेललाई प्रहरीले०७९ साउन २ गते गिरफ्तार गरेको छ ।
आरोपितले बालिकालाई ०७९ साउन १ गते बलात्कार गरेको पीडितपक्षको आरोप छ ।
पीडितको तर्फबाट पीडितका बावुले ०७९ साउन २ गते जिल्ला प्रहरी कार्यालयमा आरोपितविरुद्ध उजुरी दिएको जिल्ला प्रहरी कार्यालयका इन्स्पेक्टर हरिबोल के.सी.ले बताउनुभयो ।
पीडितको स्वास्थ्य परीक्षण गर्न साउन २ गते धुलिखेल अस्पताल पठाएको इन्स्पेक्टर के.सी.ले बताउनुभयो ।