INSEC Online

📅 २०८३ जेष्ठ २१

बलात्कार घटनाका आरोपित गिरफ्तार

१३ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा पर्वत कुश्मा नगरपालिका–६ घर भइ पोखरा महानगरपालिका–१३ बस्ने २४ वर्षीय खिमबहादुर बिकलाई प्रहरीले असार ३२ गते गिरफ्तार गरेको छ ।

पीडित बालिकालाई आरोपितले असार ३१ गते बलात्कार गरेको आरोपमा प्रहरीमा उजुरी परेपछि अनुसन्धानका लागि गिरफ्तार गरिएको जिल्ला प्रहरी कार्यालयका इन्स्पेक्टर ज्ञानबहादुर खड्काले जानकारी दिनु भयो ।

आरोपितविरुद्ध पीडित पक्षले साउन १ गते जिल्ला प्रहरी कार्यलय कास्कीमा उजुरी दिएको थियो ।

पीडित बालिकाको स्वास्थ्य परीक्षण साउन १ गते पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा गरिएको छ ।

अन्य

भिडियो