INSEC Online

📅 २०८३ जेष्ठ २१

बलात्कार घटनाका आरोपित गिरफ्तार

२० वर्षीया युवतीलाई सामूहिक बलात्कार गरेको आरोपमा प्रहरीले पूनर्वास नगरपालिका–९ का २४ वर्षीय सुशील भट्ट, १९ वर्षीय लक्ष्मण सुनार, १९ वर्षीय पृथ्वी भाट क्षेत्री र विओपी बिच फाँटामा कार्यरत सशस्त्र प्रहरीका जवान २३ वर्षीय खेमप्रसाद जैशीलाई असार ३१ गते गिरफ्तार गरेको छ ।

पीडित युवतीलाई आरोपितहरूले असार २३ गते सामूहिक बलात्कार गरेको भन्दै पीडित पक्षले असार ३१ गते इलाका प्रहरी कार्यालय त्रिभुवन बस्तीमा उजुरी दिएको जिल्ला प्रहरी कार्यालय, कञ्चनपुरका इन्सपेक्टर लालबहादुर बमले इन्सेक प्रतिनिधिलाई फोनमार्फत बताउनु भयो ।

पीडितको स्वास्थ्य परीक्षण सेती प्रादेशिक अस्पताल, धनगढीमा असार ३१ गते गरिएको छ ।

अन्य

भिडियो