२३ वर्षीया महिलालाई बलात्कार गरेको आरोपमा इलाका प्रहरी कार्यालय गोलबजारले सिरहा नपा–६ का ३८ वर्षीय मौलीया महरालाई असार २६ गते गिरफ्तार गरेको छ ।
आरोपित महराले वैशाख ३१ गते बलात्कार गरेको पीडितको आरोप छ । आरोपित महरा विरुद्ध इलाका प्रहरी कार्यालय गोलबजारमा जेठ १ गते उजुरी दिएको पीडित महिलाले बताउनु भयो ।
पीडित महिलाको स्वास्थ्य परीक्षण जिल्ला अस्पताल सिरहामा जेठ १ गते गरिएको थियो ।
घटना पछि फरार रहेका आरोपित महरालाई सिरहा प्रहरीको सहयोगमा गिरफ्तार गरी घटनाको अनुसन्धानका लागि असार २७ गते म्याद थप गराएको इलाका प्रहरी कार्यालय गोलबजारका इन्स्पेक्टर राजु केसीले बताउनु भयो ।