७८ वर्षीया महिलालाई बलात्कार गरेको घटनाका आरोपित शिवालय गाउँपालिका–३ चोरकम्दाका ६२ वर्षीय धनेष कामीलाई प्रहरीले ०७९ असार २८ गते गिरफ्तार गरेको छ ।
महिला घरमा एक्लै भएको अवस्थामा असार २५ गते साँझ करिब ७.३० बजेको समयमा बलात्कार गरी भागेको भन्दै महिलाका आफन्तले प्रहरी चौकी सिमामा मौखिक जानकारी गराएका थिए ।
प्रहरी चौकी सिमाबाट खटिएको प्रहरी टोलीले खोजतलास गर्दै जाने क्रममा असार २८ गते फेला पारी आरोपितलाई गिरफ्तार गरिएको जिल्ला प्रहरी कार्यालय, जाजरकोटका डीएसपी सन्तोष निरौलाले बताउनु भयोे ।
प्रहरीले आरोपितसँग थप अनुसन्धान गर्न भन्दै जिल्ला अदालत जाजरकोटमा ०७९ असार २८ गते नै आरोपितलाई पेश गरी १० दिनको म्याद थप गरेको छ ।
पीडित परिवारले ओरोपित विरुद्ध असार २७ गते जबरजस्ती करणी मुद्दामा कारवाहीका लागि उजुरी दिएका छन् भने पीडितको स्वास्थ्य परीक्षण असार २८ गते जिल्ला अस्पतालमा गरिएको थियो ।