INSEC Online

📅 २०८३ जेष्ठ २१

बलात्कार घटनाका आरोपित गिरफ्तार

१६ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा जिल्ला प्रहरी कार्यालय सिरहाले १६ वर्षीय बालकलाई असार २६ गते गिरफ्तार गरेको छ ।

पीडित बालिकालाई आरोपितले असार २६ गते बलात्कार गरेको भन्दै पीडित पक्षले सोही दिन जिल्ला प्रहरी कार्यालय सिरहामा उजुरी दिएको पीडित बालिकाका हजुरबुबाले बताए ।

पीडित बालिकाको स्वास्थ्य परीक्षण जिल्ला अस्पताल सिरहामा असार २६ गते गरिएको छ ।

आरोपितलाई गिरफ्तार गरी कारवाही प्रकृया अगाडि बढाइएको जिल्ला प्रहरी कार्यालय सिरहाका डिएसपी सुभाष बुढाथोकीले बताउनु भयो ।

अन्य

भिडियो