१३ वर्षीया बालिकालाई यौन दुर्व्यवहार गरेको आरोपमा प्रहरीले वुद्धशान्ति गाउँपालिका–४ जुनेलीवस्तीका २६ वर्षीय विजय राईलाई असार १० गते गिरफ्तार गरेको छ ।
पीडित बालिकालाई आरोपितले असार ९ गते यौन दुर्व्यवहार गरेको पीडित आफन्तले इन्सेक प्रतिनिधिको फोन सम्पर्कमा बताए ।
आरोपितविरूद्ध असार १० गते इलाका प्रहरी कार्यालय धरानमा उजुरी दिएको पीडितका काकाले इन्सेक प्रतिनिधिसँग बताउनु भयो ।
पीडित पक्षको उजुरीका आधारमा आरोपितलाई अनुसन्धानका लागि असार १० गते घरबाटै गिरफ्तार गरेको जिल्ला प्रहरी कार्यालयका डिएसपी वसन्त पाठकले बताउनु भयो ।
पीडित बालिकाको स्वास्थ्य परीक्षण जिल्ला अस्पतालमा असार १० गते गरिएको छ ।