६ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा इलाका प्रहरी कार्यालय लहानले १५ वर्षीय बालकलाई असार २६ गते गिरफ्तार गरेको छ ।
पीडित बालिकालाई आरोपितले असार २५ गते बलात्कार गरेको आरोपमा सोही दिन इलाका प्रहरी कार्यालय लहानमा पीडित पक्षले उजुरी दिएको पीडित बालिकाका बाबुले बताए ।
पीडित बालिकाको स्वास्थ्य परीक्षण लहानस्थित रामकुमार उमाप्रसाद स्मारक अस्पतालमा असार २५ गते गरिएको छ ।
आरोपितलाई गिरफ्तार गरी कारवाही प्रकृया अगाडि बढाइएको इलाका प्रहरी कार्यालय लहानका डिएसपी कुमारप्रसाद मैनालीले बताउनु भयो ।