सात वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा १६ वर्षीय बालकलाई प्रहरीले ०७९ असार २१ गते गिरफ्तार गरेको छ ।
पीडित बालिकालाई आफ्नै घरमा डाकेर आरोपितले असार १३ गते बलात्कार गरेको पीडितपक्षको आरोप छ ।
पीडितको तर्फबाट पीडितकी आमाले ०७९ असार १७ गते जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएको जिल्ला प्रहरी कार्यालयका डिएसपी दक्षकुमार बस्नेतले बताउनु भयो ।
पीडितको स्वास्थ्य परीक्षण असार १७ गते चौतारा अस्पतालमा गरियो ।