३९ वर्षीया महिलालाई बलात्कार गरेको आरोपमा पीडित पक्षले बारा जिल्ला हेटौडा उपमनपा–१ का ३७ वर्षीय डा. भाष्कर शाह विरूद्ध असार २० गते जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएका छन् ।
पीडितलाई आरोपितले विवाह गर्ने प्रलोभन देखाएर जेठ २७ गतेदेखि बलात्कार गर्दे आएको भन्दै पीडितले उजुरी दिएको जिल्ला प्रहरी कार्यालयका हीका डिएसपी नवरत्न पौडेलले बताउनु भयो ।
आफू नर्स भएको र विवाह गर्ने प्रलोभन देखाएर बलात्कार गरेको, विवाहको तयारीका लागि काठमाण्डौ बोलाएर विवाह गर्न नसक्ने भनेकोले आफू पीडित भएकोले न्यायका लागि प्रहरीमा उजरी दिएको पीडितले इन्सेक प्रतिनिधिसँगको कुराकानीमा बताउनु भयो ।
पीडितको उजुरीका आधारमा कारबाही अगाडि बढाएको र आरोपित फरार रहेकोले खोजी कार्य भइरहेको डिएसपी नवरत्न पौडेलले बताउनु भयो ।
पीडितको स्वास्थ्य परीक्षण असार २० गते भीम अस्पताल भैहरवामा गरिएको छ ।