INSEC Online

📅 २०८३ जेष्ठ २१

कडा सुरक्षा व्यवस्था सहित बुढीगंगा नगरपालिकाको निर्वाचन तयारी सम्पन्न

बुढीगंगा नगरपलिकामा असार २३ गते हुने निर्वाचन सम्पन्न गर्न कडा सुरक्षा व्यवस्था सहित निर्वाचनका लागि आवश्यक सम्पूर्ण तयारी सम्पन्न भएको छ ।

निर्वाचनलाई स्वच्छ, निस्पक्ष र भयरहित वातावरणमा सम्पन्न गर्न कडा सुरक्षा व्यवस्था सहित निर्वाचनका लागि आवश्यक अन्य तयारीहरु पनि पुरा भएको प्रमुख जिल्ला अधिकारी प्रकाशचन्द्र अधिकारीले इन्सेक प्रतिनिधिसँगको फोन सम्पर्कमा बताउनु भयो ।

photo20220706bajura (1)

उहाँले निर्वाचनलाई स्वाच्छ, निष्पक्ष र भयरहित वातारणमा सम्पन्न गर्ने सबै राजनीतिक दलको सहमति भएको र बुढीगंगा नगरपालिकाका १० ओटै मतदानस्थलमा नेपाल प्रहरी, सशस्त्र प्रहरी र नेपाली सेनाबाट सिनियर अधिकृतको नेत्तृत्वमा पर्याप्त सुरक्षाकर्मी परिचालन गरेको बताउनु भयो ।

सबै पतदान केन्द्रहरुमा मतदान अधिकृत सहित ९५ जना कर्मचारीहरु खटाइएको र निर्वाचनका लागि आवश्यक पर्ने सम्पूर्ण सामग्रीहरु मतदान केन्द्रहरूमा पुगिसकेको मुख्या निर्वाचन अधिकृत माधवप्रसाद धिमिरेले इन्सेक प्रतिनिधिसँगको फोन सम्पर्कमा बताउनु भयो ।

उहाँले निर्वाचनका लागि आवश्यक पर्ने सबै तयारी पुरा भइसकेकोले असार २३ गते बिहान ७ बजेदेखि मतदान कार्य सुरु हुने बताउनु भयो ।

गत वैशाख ३० गते भएको निर्वाचनमा नेपाली कांग्रेस र नेकपा एमालेबिच मतदानस्थलमा बिवाद उत्पन्न भई निर्वाचनमा धाँधली भएको भन्दै मतदान नै स्थगित गरिएको थियो ।

photo20220706bajura (2)

अन्य

भिडियो