१९ वर्षीया युवतीलाई बलात्कार गरेको आरोपमा प्रहरीले दुहवी नगरपालिका–११ सिमरीयाका २२ वर्षीय आशिष खाँलाई असार १७ गते गिरफ्तार गरेको छ ।
विवाहको प्रलोभनमा पारेर जेठ २५ गते बलात्कार गरेको आरोपमा पीडित पक्षले आरोपितविरूद्ध असार १० गते इलाका प्रहरी कार्यालय दुहवीमा उजुरी दिएको थियो ।
पीडित पक्षको उजुरीका आधारमा आरोपितलाई अनुसन्धानका लागि गिरफ्तार गरेको इलाका प्रहरी कार्यालय दुहवीका इन्स्पेक्टर जयदेव माझीले इन्सेक प्रतिनिधिसँगको फोन सम्पर्कमा बताउनु भयो ।
पीडितको स्वास्थ्य परीक्षण असार १० गते जिल्ला अस्पतालमा गरिएको छ ।