रङ्गेली नगरपालिका–१ बवियाविर्ताकी ३० वर्षीया बविता मल्लिकलाई आगो लगाएर हत्या गरेको आरोपमा प्रहरीले २३ वर्षीय पति अशोक मल्लिकलाई असार १७ गते गिरफ्तार गरेको छ ।
घरायसी विवादका क्रममा आरोपितले असार १७ गते राति पत्नीलाई मट्टीलेत छर्किएर आगो लगाएको प्रारम्भिक अनुसन्धानका क्रममा खुलेको जिल्ला प्रहरी कार्यालयका डिएसपी दीपक श्रेष्ठले इन्सेक प्रतिनिधिसँगको भेटमा बताउनु भयो ।
आरोपितले असार १७ गते राति पत्नीलाई मट्टीलेत छर्किएर आगो लगाएपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए ।
प्रहरीले तत्काल पीडितलाई उद्दार गरी उपचारका लागि कोशी अस्पतालमा पुर्याएको थियो ।
पीडित बविताको उपचारका क्रममा असार १८ गते मृत्यु भएको डिएसपी श्रेष्ठले बताउनु भयो ।
शवको पोष्टमार्टम असार १८ गते कोशी अस्पतालमा गरिएको छ ।
पीडित पक्षले असार १८ गते शव बुझि रङ्गेली नगरपालिका–१ स्थित घाटमा सद्गत गरेको छ ।