१३ वर्षीया बालिकालाई यौन दुर्व्यवहार गरेको आरोपमा प्रहरीले ४१ वर्षीय आफन्तलाई असार १५ गते गिरफ्तार गरेको छ ।
पीडितलाई आरोपितले असार १ गते यौन दुर्व्यवहार गरेको भन्दै पीडितले आफन्तको सहयोगमा असार १५ गते इलाका प्रहरी कार्यालय सालझण्डीमा उजुरी दिनुभयो ।
राती घरमा सुतिरहेको बेला मादक पदार्थ सेवन गरी यौन दुर्व्यवहार गरेको पीडितले इन्सेक प्रतिनिधिलाई बताउनु भयो ।
उजुरीका आधारमा आरोपितलाई गिरफ्तार गरी कारबाही अगाडि बढाइएको थप अनुसन्धान भइरहेको इलाका प्रहरी कार्यालय सालझण्डीका इन्सपेक्टर जगनाथ मरासिनीले बताउनु भयो ।
पीडितको स्वास्थ्य परीक्षण असार ५ गते लुम्बिनी प्रादेशिक अस्पताल बुटवलमा गरिएको छ ।
यसैगरी, २२ वर्षीया महिलालाई बलात्कार गरेको आरोपमा सिद्धार्थनगर नपा–११ नौडिहवाका २३ वर्षीय रामु जयसवाल विरुद्ध पीडित पक्षले असार १५ गते उजुरी दिएका छन् ।
पीडितलाई आरोपितले प्रेम प्रलोभन देखाएर वैशाख ११ गते बलात्कार गरेको र बलात्कारबाट गर्भ रहेको भन्दै पीडितले उजुरी दिएका थिए ।
पीडितका अनुसार फेसबुकमा चिनजान भएको र विवाह गर्ने प्रलोन देखाएर बलात्कार गरेको गर्भ रहे पछि औषधि खान दवाव दिएको अफूले औषधि नखाए पछि फरार रहेको छ ।
आरोपित फरार रहेकोले खोजी कार्य भइरहेको जिल्ला प्रहरी कार्यालयका डिएसपी नवरत्न पौडेलले फोन मार्फत बताउनु भयो ।
पीडितको स्वास्थ्य परीक्षण असार १० गते भीम अस्पताल भैरहवामा गरिएको छ ।