INSEC Online

📅 २०८३ जेष्ठ २१

बलात्कार घटनाका आरोपित गिरफ्तार

१६ वर्षीया बालिकालाई बलात्कार गरेको घटनाका आरोपित कुशे गाउँपालिका–५ दमदालाका २८ वर्षीय मायाराम नेपालीलाई प्रहरीले असार १६ गते गिरफ्तार गरेको छ ।

बालिका कोठामा एक्लै सुतेको अवस्थामा असार १३ गते दिउँसो कोठामा गई बलात्कार गरेको पीडित पक्षको आरोप छ ।

पीडित पक्षले असार १५ गते दिएको उजुरीको आधारमा प्रहरी चौकी पाँचकाटियाबाट खटिएको प्रहरी टोलीले खोजतलास गर्दै जाने क्रममा असार १६ गते गिरफ्तार गरिएको जिल्ला प्रहरी कार्यालयका डीएसपी सन्तोष निरौलाले बताउनु भयोे ।

प्रहरीले आरोपितसँग थप अनुसन्धान गर्न भन्दै जिल्ला अदालत जाजरकोटमा ०७९ असार १६ गते नै आरोपितलाई पेश गरी सात दिनको म्याद थप गरेको छ ।

पीडित पक्षले ओरोपित विरुद्ध जबरजस्ती करणी सम्बन्धि मुद्दामा कारवाहीका लागि भन्दै उजुरी दिएका छन् भने पीडितको स्वास्थ्य परीक्षण असार १६ गते जिल्ला अस्पतालमा गरिएको थियो ।

अन्य

भिडियो