INSEC Online

📅 २०८३ जेष्ठ २१

बलात्कार घटनाका आरोपित गिरफ्तार

३० वर्षीया अपाङ्गता भएकी महिलालाई बलात्कार गरेको आरोपमा जिल्ला प्रहरी कार्यालय बागलुङले बागलुङ नगरपालिका–७ का ३२ वर्षीय नवराज गौतमलाई असार १५ गते गिरफ्तार गरेको छ ।

पीडित महिलालाई आरोपितले जेठ २१ गते बलात्कार गरेको भन्दै पीडित पक्षले असार १४ गते प्रहरीमा उजुरी दिएको जिल्ला प्रहरी कार्यालय बागलुङका डिएसपी इन्द्रबहादुर रानाले बताउनु भयो ।

पीडित महिलाको स्वास्थ्य परीक्षण असार १४ गते धौलागिरी अस्पताल बागलुङमा गरिएको छ ।

अन्य

भिडियो