१४ वर्षीया बालिकालाई वेचविखन तथा ओसारपसार प्रयास गरेको आरोपमा प्रहरीले घोडाघोडी नगपालिका-८ का २२ वर्षीय रोशन बिकलाई असार १३ गते गिरफ्तार गरेको छ ।
पीडित बालिकालाई विवाहको प्रलोभनमा पारी आरोपितले असार १३ गते भारतको मुम्बई लैजादै गरेको अवस्थामा माइती नेपालले चेकजाच गर्ने क्रममा आरोपितलाई असार १३ गते नियन्त्रणमा लिएर प्रहरीको जिम्मा लगाइएको माइती नेपालकी बोडर इन्चार्ज कृष्ण रुम्वाले इन्सेक प्रतिनिधीसँगको भेटमा बतउनु भयो ।
पीडित पक्षको उजुरीका आधारमा वेचविखन शिर्षकमा असार १३ गते मुद्दा दर्ता गरी घटनाको अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालयका डिएसपी वेदप्रकाश जोशीले इन्सेक प्रतिनिधीसँगको भेटमा बताउनु भयो ।
पीडित बालिकाको स्वास्थ्य परीक्षण असार १३ गते सेती प्रादेशिक अस्पताल, धनगढीमा गरिएको छ ।