INSEC Online

📅 २०८३ जेष्ठ २१

पाठ्यपुस्तक अभावका कारण विद्यार्थीहरुको पढाई प्रभावित

पाठ्यपुस्तक अभावका कारण जिल्लाका अधिकांस विद्यालयमा अध्ययनरत  विद्यार्थीहरुको पढाई प्रभावित हुँदै आएको छ ।

शैक्षिक सत्र सुरु भएको दुई महिना वितिसक्दा समेत यहाँका विद्यार्थीहरुले पाठ्यपुस्तक पाउन नसकेको शिक्षा विकास तथा समन्वय एकाईका प्रमुख नरेन्द्रप्रसाद अवस्थीले बताउनु भयो ।

जिल्लाका ५ सय ४० सामुदायिक विद्यालयहरुमा ८३ हजार पाठ्यपुस्तक आवश्यक भएपनि हालसम्म ५० हजार पाठ्यपुस्तक मात्रै जिल्लामा आइपुगेको समन्वय इकाईका प्रमुख अवस्थीको भनाइ छ ।

पाठ्यपुस्तक अभावले गर्दा विद्यार्थीहरुले पढ्न नपाएको र शिक्षकहरुलाई पनि पढाउन समस्या भएको कृष्ण माध्यमिक विद्यालय, पाटनका प्रधानाध्यापक विरेन्द्रसिंह केसीले बताउनु भयो ।

उहाँले भन्नु भयो–‘ पाठ्यपुस्तक अभावका कारण वद्यार्थीलाई पढ्न र शिक्षकलाई पढाउन समस्या भइरहेको छ ।’

जिल्लामा ६० प्रतिशत बढी पाठ्यपुस्तक पुगिसकेको र बाँकी पाठ्यपुस्तकका लागि पहल भइरहेको शिक्षा विकास तथा समन्वय इकाइका प्रमुख नरेन्द्रप्रसाद अवस्थीले बताउनु भयो ।

जिल्लामा पाठ्यपुस्तक आइनपुगेको सम्बन्धमा समन्वय गर्दा चुनावका कारण पाठ्यपुस्तक छपाईमा ढिलाई भएको जानकारी प्राप्त भएको अवस्थीको भनाइ रहेको छ ।

अन्य

भिडियो