१९ वर्षीया युवतीलाई यौन दुर्व्यवहार गरेको आरोपमा विराटनगर महानगरपालिका–५ बरगाछीस्थित कान्तिपुर इन्स्टिच्यूटका सञ्चालक ३६ वर्षीय गुनानन्द महतोलाई प्रहरीले गिरफ्तार गरेको छ ।
पीडितलाई आरोपितले असार १३ गते यौन दुर्व्यवहार गरेको आरोपमा पीडित पक्षले आरोपितविरुद्ध सोही जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएको थियो ।
पीडित पक्षको उजुरीका आधारमा आरोपितलाई अनुसन्धानका लागि कान्तिपुर इन्स्टिच्यूटबाट गिरफ्तार गरेको जिल्ला प्रहरी कार्यालयका डिएसपी दीपक श्रेष्ठले इन्सेक प्रतिनिधिसँगको फोन सम्पर्कमा बताउनु भयो ।
पीडितको स्वास्थ्य परीक्षण कोशी अस्पतालमा असार १३ गते गरिएको छ ।