INSEC Online

📅 २०८३ जेष्ठ २१

बोक्सी भन्दै अभक्ष कोच्याएको घटनाका आरोपित गिरफ्तार

भगवानपुर गाउँपालिका–४ की ६० वर्षीया आतिकादेवी कामतीलाई कथित बोक्सीको आरोप लगाई अभक्ष कोच्याएको आरोपमा इलाका प्रहरी कार्यालय लहानले सोही ठाउँका ६० वर्षीया कोशिला साह र ३० वर्षीया फुलोदेवी साहलाई असार ११ गते गिरफ्तार गरेको छ ।
असार ११ गते खेतबाट फर्किदै गर्दा आरोपितहरु लगायत ६० वर्षीय राजेन्द्र साह र ३५ वर्षीय महेश लगायतले कथित बोक्सीको आरोप लगाई कुटपिट गरी अभक्ष कोच्याएको पीडित पक्षको आरोप छ ।

आरोपितहरु विरुद्ध इलाका प्रहरी कार्यालय लहानमा असार ११ गते उजुरी दिएको पीडितका पति हरि कामतीले बताउनु भयो ।
इलाका प्रहरी कार्यालय लहानका डिएसपी कुमार प्रसाद मैनालीले घटनाको जानकारी हुनासाथ आरोपितमध्ये दुई जनालाई गिरफ्तार गरेको र अन्य दुई जना फरार रहेकोले खोजतलास भैरहेको बताउनु भयो ।

अन्य

भिडियो