१३ वर्षीया बालिकालाई वेचविखनका लागि भारततर्फ लैजाने प्रयास गरेको आरोपमा प्रहरीले भारत मजतपुर स्थायी घर भइ झापा, विर्तामोड नगरपालिका–५ मूर्ति चोकमा डेरी गरी बस्ने २३ वर्षीय हिराकुमार सहनी र बाराको कोल्बी नगरपालिका–४ सपहीकी १९ वर्षीया श्रीशासिंह महथालाई विराटनगरस्थित नेपाल–भारत सीमाक्षेत्रबाट प्रहरीले गिरफ्तार गरेको छ ।
पीडित बालिका असार ४ विद्यालयमा डान्स क्लास छ भनेर हिँडेपछि बेपत्ता भएकी थिइन् ।
बालिका बेपत्ता भएको भन्दै पीडित परिवारले असार ५ गते इलाका प्रहरी कार्यालय विर्तामोडमा उजुरी दिएपछि प्रहरीले विराटनगर नाका बालिकाको उद्दार गरी आरोपितद्घयलाई गिरफ्तार गरेको जिल्ला प्रहरी कार्यालयका डिएसपी दीपक श्रेष्ठले इन्सेक प्रतिनिधिसँगको फोन सम्पर्कमा बताउनु भयो ।
बालिकालाई आरोपितद्घयले असार ४ गते ललाइफकाइ विर्तामोड नगरपालिका–५ स्थित मूर्ति चोक डेरामा राखेको र असार ५ गते जोगवनीबाट भारततर्फ लैजान खोज्दा गिरफ्तार गरेको डिएसपी श्रेष्ठले बताउनु भयो ।
पीडित बालिकाको स्वास्थ्य परीक्षण कोशी अस्पतालमा असार ५ गते गरिएको छ ।