INSEC Online

📅 २०८३ जेष्ठ २१

सीमा नाकाबाट दुई युवतीको उद्धार

पश्चिमी सीमा नाका गड्डाचौकीबाट माइती नेपाल कञ्चनपुरले वैदेशिक रोजगारको प्रलोभनमा पारी भारततर्फ लैजाँदै गरेका दुईजना युवतीको वैशाख १६ गते साँझ उद्धार गरेको राससले जनाएको छ ।

काठमाडौँबाट भारतको नयाँदिल्लीतर्फ जाँदै गरेको बा ३ ख ४१६८ नंको बसमा जाँदै गरेका २२ वर्षीया र ३० वर्षीया युवतीको सीमा नाकाबाट उद्धार गरिएको हो ।

“उद्धार गरिएका एकजना युवतीलाई लामाको कपडा पहिराई धर्मशालामा पठाउने बहानामा भारततर्फ पठाउन लागेको अवस्थामा उद्धार गरेका छौँ”– माईती नेपाल कञ्चनपुरकी संयोजक महेश्वरी भट्टले भनिन् ।

२२ वर्षीया युवतीलाई भारतको बाटो हुँदै दुबई र अर्की युवतीलाई किर्गिस्तान पठाउने भन्दै ‘दलाल’ले काठमाडौँबाट बसमार्फत पठाएका थिए ।

धार्मिक कपडा पहिराई युवतीलाई अवैध रुपमा भारततर्फ पठाउन लागेको अवस्थामा पहिलोपटक फेला पारेका छौँ – संयोजक भट्टले भन्नुभयो–“यसअघि विवाह गर्ने, रोजगारीमा लगाइदिने र सीमावर्ती बजारमा किनमेल गर्ने बहानामा युवतीलाई झुक्याई भारततर्फ लग्ने गरेको पाइएको थियो ।”

अन्य

भिडियो