INSEC Online

📅 २०८३ जेष्ठ २१

शिशु हत्या आरोपमा आमा गिरफ्तार

तीन महिने शिशुको हत्या गरेको आरोपमा प्रहरीले इटहरी उपमहानगरपालिका–१७ पकलीकी ३२ वर्षीया आमा उर्मिला सुधारलाई जेठ ३० गते गिरफ्तार गरेको छ ।

जेठ २४ गते आरोपितले मादक पदार्थ सेवन गरेर तीन महिने छोरा भुवनको घाँटी थिचेर हत्या गरेको आरोपमा आमालाई अनुसन्धानका लागि गिरफ्तार गरेको जिल्ला प्रहरी कार्यालयका डिएसपी नरेन्द्रकुमार कार्कीले इन्सेक प्रतिनिधिसँगको फोन सम्पर्कमा बताउनु भयो ।

शवको पोष्टमार्टम जिल्ला अस्पतालमा जेठ २५ गते गरिएको छ ।

सोही दिन मृतकका बाबुले शव बुझी इटहरी उपमहानगरपालिका–१७ पकलीस्थित थलाहा खोलामा सद्गत गरेको बताउनु भएको छ ।

अन्य

भिडियो