निलकण्ठ नगरपालिका–५ निवासी नेपाली कांग्रेस कार्यकर्ता कृष्ण ढुङ्गानाले सुरक्षाको माग गर्दै ०७९ जेठ ३० जिल्ला प्रहरी कार्यालयमा उजुरी दर्ता गराएका छन् ।
नेकपा माओवादी केन्द्रका कार्यकर्ता राजन श्रेष्ठले जेठ २७ गते टेलिफोन गरेर ज्यान मार्ने धम्की दिएका भन्दै पीडित ढुङ्गानाले जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएको इन्स्पेक्टर जागेश्वर भण्डारीले बताउनु भयो ।
साथै ढुङ्गानाले प्रमुख जिल्ला अधिकारी कृष्णप्रसाद लम्साललाई भेटेर ध्यानाकर्षण गराउँदै प्रहरीमा उजुरी दिएको बताउनुभयो ।
प्रमुख जिल्ला अधिकारीलाई ध्यानाकर्षण गराउन नेपाली कांग्रेस जिल्ला सभापति रामनाथ अधिकारी समेत पुग्नु भएको थियो ।
स्थानीय तह निर्वाचनको दिन वैशाख ३० गते निलकण्ठ नगरपालिका वडा नं. ५ का नेपाली कांग्रेसका वडा अध्यक्ष उम्मेदवार भीम ढुङ्गानामाथि माओवादी कार्याकर्ताले खाल्टेमा हातपात गरेका थिए भने जेठ २७ गते निलकण्ठ नगरपालिका– ५ का माओवादी कार्यकर्ता हरी श्रेष्ठलाई निलकण्ठ नगरपालिका – ३ मा नेपाली कांग्रेसका कार्यकर्ताले आक्रमण गरी गम्भीर घाइते तुल्याएका थिए ।
टाउकोमा गभीर चोट लागेका श्रेष्ठको काठमाडौँस्थित ट्रमा सेन्टरमा उपचार भइरहेको छ ।
सबै घटनाका आरोतिहरूमाथि उजुरी नदिएका कारण घटनाको सृङ्खला नै भएकोले अपराध नियन्त्रण गर्न उजुरी दिइएको पीडितले बताएका छन् ।
घटनाका आरोपितहरूमाथि अनुसन्धानपछि कारबाही प्रकृया अगाडि बढाईने इन्स्पेक्टर भण्डारीले बताउनुभयो ।