INSEC Online

📅 २०८३ जेष्ठ २१

घरेलुहिंसा पीडित महिलाद्वारा प्रहरीमा उजुरी

पलाता गाउँपालिका–४ की २० वर्षीया इश्वरा बुढाले आफूलाई २२ वर्षीय पति श्रृष्ठराज बुढाले घर निकाला गरेको भन्दै जेठ ३० गते जिल्ला प्रहरी कार्यालय, कालिकोटमा उजुरी दिनुभएको छ ।

आरोपितले जेठ १५ गते अर्काे विवाह गरी काठमाण्डौ राखेर घरमा आएपछि कान्छी पत्नी घरमा ल्याउँछु भन्दै नाबालक छोरासहित जेठ २८ गते राती कुटपिट गरी घर निकाला गरेको पीडित बुढाले इन्सेक प्रतिनिधिलाई बताउनु भएको छ ।

पीडितले आरोपितको फोटोसहित निवेदन दिएपछि अनुसन्धानका लागि खोजी भइरहेको कालिकोट प्रहरी प्रमुख डीएसपी सिद्धराज न्यौपानेले बताउनुभयो ।

घर निकाला भएकी पीडितले कानुनी प्रक्रियामा जान आर्थिक समस्या भएको भन्दै इन्सेक कर्णाली प्रदेश कार्यालय, सुर्खेतलाई सहयोगका लागि निवेदन दिनु भएको छ ।

पतिको कुटपिटबाट सामान्य घाइते भएकी पीडितको जेठ ३० गते जिल्ला अस्पताल, कालिकोटमा भएको स्वास्थ्य व्यवस्थापन कार्यालय कालिकोटले जानकारी गराएको छ ।
Kalikot_Photo_2022-06-13

अन्य

भिडियो