२४ वर्षीया महिलालाई बलात्कार गरेको आरोपमा पीडित पक्षले फेदाप गाउँपालिका–३ जलजलेका ३२ वर्षीय इन्द्र नेपालीविरूद्व जिल्ला प्रहरी कार्यालयमा जेठ २५ गते उजुरी दिएको छ ।
पीडित महिलालाई आरोपितले जेठ २५ गते बलात्कार गरेको आरोपमा पीडित पक्षले आरोपितविरूद्व सोही दिन जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएको जिल्ला इन्स्पेक्टर छे फिञ्जो भोटेले इन्सेक प्रतिनिधिसँगको फोन सम्पर्कमा बताउनु भयो ।
उजुरी लगत्तै आरोपित फरार भएकाले खोजी भइरहेको प्रहरीले जनाएको छ ।
पीडितको स्वास्थ्य परीक्षण जिल्ला अस्पतालमा जेठ २५ गते गरिएको छ ।