२७ वर्षीया महिलालाई बलात्कार गरेको आरोपमा आरोपमा हेटौँडा उपमहानगरपालिका–९ चौधघरका ४५ वर्षीय पूर्णबहादुर घलानलाई प्रहरीले ०७९ जेठ २४ गते गिरफ्तार गरेको छ ।
पीडितपक्षले आरोपितविरुद्ध जेठ २४ गते इलाका प्रहरी कार्यालय खैरहनीमा उजुरी दिएको जिल्ला प्रहरी कार्यालयका नरहरि अधिकारीले बताउनु भयो ।
आरोपितमाथि जेठ १० गते सामुहित बलात्कार भएको तर हाल एक जनाको मात्र नाम उल्लेख गरी उजुरी प्राप्त भएको डिएसपी अधिकारीले जानकारी दिनुभयो ।
पीडित महिलालाई स्वास्थ्यमा समस्या देखिएपछि बलात्कारको घटना थाहा भएको पीडितकी भाउजुले बतााउनु भयो ।
पीडितको स्वास्थ्य परीक्षण जेठ २५ गते भरतपुर अस्पतालमा गरिएको छ ।