२१ वर्षीया महिलालाई बलात्कार गरेको आरोपमा २३ वर्षीय काका नाता पर्ने पुरुषलाई प्रहरीले ०७९ जेठ २४ गते घरबाट गिरफ्तार गरेको छ ।
पीडित महिललाई ०७९ जेठ १९ गते बेलुकी घरमा बसेको बेला बलात्कार गरेको भन्दै पीडितका आफन्तले आरोपितविरुद्ध जेठ २३ गते इलाका प्रहरी कार्यालय नवलपुरमा उजुरी दिए ।
आरोपितविरुद्ध जबरजस्ती करणीको कसुरमा जिल्ला अदालतबाट पाँच दिनको म्याद थप गरी हिरासतमा राखि अनुसन्धान थालिएको जिल्ला प्रहरी कार्यालयका डिएसपी दक्षकुमार बस्नेतले बताउनु भयो ।
पीडितको स्वास्थ्य परीक्षण जेठ २३ गते नवलपुर स्वास्थ्य केन्द्रमा गरियो ।