INSEC Online

📅 २०८३ जेष्ठ २१

बलात्कार घटनाका आरोपित गिरफ्तार

५१ वर्षीया महिलालाई बलात्कार गरेको आरोपमा भेरी नगरपालिका–१ रिम्नाका ४८ वर्षीय खिमबहादुर रानालाई प्रहरीले जेठ २३ गते गिरफ्तार गरेको छ ।

पीडित महिलालाई आरोपितले जेठ २२ गते बलात्कार गरेको भन्दै आरोपितविरुद्ध पीडितले जेठ २३ गते जिल्ला प्रहरी कार्यालय जाजरकोटमा उजुरी दिएपछि सोही दिन इलाका प्रहरी कार्यालय रिम्नाबाट खटिएको प्रहरीले गिरफ्तार गरेको जिल्ला प्रहरी कार्यालयका डिएसपी सन्तोष निरौलाले जानकारी दिनुभयो ।

पीडितको स्वास्थ्य परीक्षण जेठ २३ गते जिल्ला स्वास्थ्य सेवा कार्यालय जाजरकोटमा गरिएको छ ।

अन्य

भिडियो