बुटवल उपमहानपा–७ दिपनगरका ११ वर्षीय बालक आइस गौतमलाई कुटपिट गरेको आरोपमा प्रहरीले बुटवल उपमहानपा–८ सुख्खानगरका ६९ वर्षीय भविश्वर न्यौपानेलाई जेठ १७ गते घरबाटै गिरफ्तार गरेको छ ।
पीडितलाई आरोपितले वैशाख २७ गते लिची चोरेको आरोपमा कुटपिट गरेको थियो । कुटपिटबाट बेहोस भएका पीडितलाई अभिभावकहरूले तत्काल मेडिटेक अस्पताल बुटवलमा लगेका थिए ।
अस्पतालले बे्रेनमा रगत जमेको भन्दै मेडिकल कलेज भैरहवामा रेफर गरेकोमा बालकको अवस्था जटिल देखिएकोले मणिग्रामस्थित क्रिमसन अस्पतालमा लगेको र त्यहाँबाट पुन चौराहा अस्पताल बुटवलमा लगेर टाउँको अप्रेशन गरेका थिए ।
चौराहा अस्पताल बुटवलमा अप्रेशन गरी ६ दिनको दिन अस्पतालले डिस्चार्ज गरेको र बच्चालाई एक्कासी बेहोस हुने समस्या देखिएको छ । डाक्टरले वे्रेनको अप्रेशन गरेकाहरूमा देखिने सामान्य लक्षण बताएको छ ।
घरमा लगेको दुई दिनमा बच्चालाई बान्ता, ज्वरो आउने र अप्रेसन गरेको घाँउवाट पीप आउने भएपछि जेठ १२ गते काठमाण्डौस्थित ग्राण्डी अस्पतालमा उपचारका लागि पुरयाइएको बालकका बुवा सुमन गौतमले बताउनु भयो ।
पीडित पक्षले आरोपित विरूद्ध जेठ १७ गते इलाका प्रहरी कार्यालय बुटवलमा ज्यान मार्ने उद्योग सम्बन्धी कसुरमा उजुरी दिएको प्रहरीले जनाएको छ ।
इलाका प्रहरी कार्यालय बुटवलमा इन्सपेक्टर प्रकाश खत्रीले पीडितको तर्फबाट उजुरी आएपछि आरोपितलाई गिरफ्तार गरी अनुसन्धान भइरहेको बताउनु भयो ।