INSEC Online

📅 २०८३ जेष्ठ २१

यौन दुर्व्यवहार घटनाका आरोपितविरूद्ध प्रहरीमा उजुरी

नौ वर्षीया बालिकालाई यौन दुर्व्यवहार गरेको आरोपमा पीडित पक्षले खोटेहाङ गाउँपालिका–७ खोटाङ बजारका ३० वर्षीय भुवनकुमार प्रधानविरूद्ध जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएको छ ।

पीडित बालिकालाई आरोपितले जेठ १२ गते यौन दुर्व्यवहार गरेको आरोपमा पीडित पक्षले जेठ १३ गते प्रहरीमा उजुरी दिएको जिल्ला प्रहरी कार्यालयका इन्स्पेक्टर शङ्करप्रसाद चौधरीले इन्सेक प्रतिनिधिसँगको फोन सम्पर्कमा बताउनु भयो ।

उजुरीलगत्तै फरार भएका आरोपितको खोजी थालिएको प्रहरीले जनाएको छ ।

पीडित बालिकाको स्वास्थ्य परीक्षण जिल्ला अस्पतालमा जेठ १३ गते गरिएको छ ।

अन्य

भिडियो