१० वर्षीया बालिकालाई यौन दुर्व्यवहार गरेको आरोपमा प्रहरीले विराटनगर महानगरपालिका–४ का वर्षीय तेजेन्द्र कर्णलाई जेठ ११ गते गिरफ्तार गरेको छ ।
विराटनगर महानगरपालिका–४ स्थित सिर्जना ज्ञानकुञ्ज बोर्डिङ्ग स्कूलमा कक्षा ५ मा अध्ययनरत बालिकालाई आरोपितले ०७८ चैत १५ गते यौन दुर्व्यवहार गरेको आरोपमा पीडित पक्षले आरोपितविरूद्ध ०७९ जेठ ११ गते जिल्ला प्रहरीमा उजुरी दिएको थियो ।
पीडित पक्षको उजुरीका आधारमा आरोपितलाई अनुसन्धानका लागि गिरफ्तार गरेको जिल्ला प्रहरी कार्यालयका डिएसपी दीपक श्रेष्ठले इन्सेक प्रतिनिधिसँगको फोन सम्पर्कमा बताउनु भयो ।
पीडित बालिकाको स्वास्थ्य परीक्षण कोशी अस्पतालमा जेठ ११ गते गरिएको छ ।